काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो भारत भ्रमणका उपलब्धिबारे स्पष्ट रूपमा जानकारी गराउनुपर्ने बताएका छन् ।
मंगलबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले भारत भ्रमणबारे कांग्रेसले तत्काल हतारमा कुनै निष्कर्ष वा टिप्पणी नगर्ने बताए ।
प्रधानमन्त्रीको भ्रमणलाई कूटनीतिक र राष्ट्रिय हितका दृष्टिले मूल्यांकन गर्नुपर्ने उल्लेख गर्दै उनले भ्रमणका क्रममा भएका सहमति र उपलब्धिबारे सरकारले स्पष्ट पार्नुपर्नेमा जोड दिए ।
‘प्रधानमन्त्रीले भारत भ्रमणको उपलब्धिबारे जानकारी गराउनुपर्छ,’ थापाले भने, ‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौं । तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन ।’