काठमाडौं । इन्डोनेसियाको बान्टेन प्रान्तको सेराङ जिल्लास्थित सिकान्देमा मिठाई उत्पादन गर्ने एक कारखानामा नोभेम्बर २१ मा आगलागी भएको छ ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बासार्नास) का अनुसार नोभेम्बर २२ को दिउँसोसम्म आगलागीमा परी मृत्यु भएका ६ जनाको शव बाहिर निकालिएको छ ।
घटनामा अझै ३३ जना बेपत्ता छन् भने चार जना घाइते भएका छन् । आइतबार बिहानसम्म आगो नियन्त्रणमा आइसकेको थियो ।
आगलागी हुँदा कारखानाभित्र धेरै कर्मचारी काम गरिरहेका थिए । आगो फैलिन थालेपछि उनीहरू ज्यान जोगाउन बाहिर भागेका थिए ।
आइतबार बिहान सिती जोहरी कारखानाको मूलगेट बाहिर अन्य कर्मचारीका परिवारसँगै आफन्तको पर्खाइमा थिइन् । उनी आफ्ना भाइ मुहम्मद मारुफिनको प्रतीक्षामा थिइन् । आगलागी भएदेखि नै भाइसँग कुनै सम्पर्क हुन सकेको थिएन ।
सितीलाई अझै पनि आफ्नो भाइ सुरक्षित रहेको र चाँडै फर्किने आशा छ । उनका भाइको सात वर्षको एउटा बच्चासमेत छ ।