बीडीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित, ६ हजार २५६ विद्यार्थी उत्तीर्ण

काठमाडौं । चिकित्सा शिक्षा आयोगले बीडीएस (दन्त चिकित्सा) अध्ययनका लागि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगका अनुसार परीक्षामा कुल ६ हजार २५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

तर, चालु शैक्षिक सत्रमा बीडीएस अध्ययनका लागि जम्मा ६२५ सिट मात्रै उपलब्ध छन् ।

उत्तीर्ण विद्यार्थीको संख्या उपलब्ध सिटभन्दा करिब १० गुणा बढी छ ।

उपलब्ध सिटका आधारमा योग्यताक्रम र भर्ना प्रक्रियामार्फत विद्यार्थी छनोट हुने आयोगले जनाएको छ ।

Share News