सर्वोच्चले सरकार र कार्की पक्षलाई मंसिर ७ गते छलफलका लागि बोलायो

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीपक्ष र सरकारलाई मंसिर ७ गते छलफलका गर्न बोलाएको छ । 

बुधबार (आज) सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटमा सुनुवाइ गर्दै कारण देखाऊसहित छलफल गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालत स्रोतले दुवै पक्षलाई ७ गते बोलाएको जानकारी दियो । 

सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । 

त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा बढुवा भएका थिए ।

मन्त्रिपरिषद्को निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावीसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले आजका लागि प्रारम्भिक सुनुवाइको मिति तोकिएको थियो ।  

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

कार्कीले आईजीपी पद गुमाउनुका ५ कारण

Share News