काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश दिएको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो ।
सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेकाे हाे ।
कारण देखाऊ आदेशमा दुवै पक्षलाई छलफलमा बोलाएको अदालतले उल्लेख गरेको छ ।
सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा बढुवा भएका थिए ।
मन्त्रिपरिषद्को निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावी सहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले आजका लागि प्रारम्भिक सुनुवाइको मिति तोकिएको थियो ।
कार्कीले आईजीपी पद गुमाउनुका ५ कारण