वस्तु निर्याततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो डाबर नेपाल

काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता तथा संस्थालाई सम्मान गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा वस्तु निर्यातको कारोबार गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा डाबर नेपाल प्रालि सम्मानित भएको छ ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न क्षेत्र तथा विधामा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गरेको हो । 

Share News