प्लेअफमा पुग्ने दोस्रो टोली बन्यो सुदूरपश्चिम, काठमाडौं गोर्खाज ७ रनले पराजित

अंकतालिकाको शीर्ष स्थानमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । शुक्रबार भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । लक्ष्य पूरा गर्न नसकेपछि काठमाडौं ७ रनले पराजित भयो ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौंलाई लक्ष्यसम्म पुग्न दिएन । 

यस जितसँगै सुदूरपश्चिमले प्रतियोगिताको प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिम १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । काठमाडौं गोर्खाज भने महत्वपूर्ण खेलमा पराजित भएपछि अंकतालिकामा दबाबमा परेको छ ।

Share News