काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
पाँच खेल खेलेको काठमाडौं अंक तालिकाको दोस्रो स्थानमा छ । काठमाडौंले पाँच खेलमध्ये चारमा जित र एकमा हार बेहोरेको छ ।
यस्तै, सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा छ । छ खेल खेलेको सुदूरपश्चिमले चार खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।
यसैगरी, आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
चितवन अंक तालिकाको पाँचौँ स्थानमा छ । पाँच खेल खेलेको चितवनले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । एक खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।
जनकपुर अंक तालिकाको छैटौँ स्थानमा छ । छ खेल खेलेको जनकपुरले दुई खेलमा जित निकाल्दा चार खेलमा हार बेहोरेको छ ।