तिहारमा जुवातास खेल्ने ४४ जना पक्राउ, ७ लाखभन्दा बढी बरामद

काठमाडौं । तिहारको अवसरमा जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौं र तनहुँबाट ४४ जनालाई पक्राउ गरेको छ । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) लेखेको आरोपमा होम स्टेका सञ्चालक ३४ वर्षीय कुमार लामासमेत ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पाँच लाख ७८ हजार ५५५ र १६ थान कौडासहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यस्तै, तनहुँको भिमाद नगरपालिका-६ रत्नचोकस्थित काठमाडौं म:म होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ६६ वर्षीय लोकबहादुर श्रेष्ठसहित सात जनालाई पक्राउ गरिएको छ । 

प्रहरीले एक लाख ५० हजार ५४० र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

Share News