काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीले उमेर हदका कारण सजायमा छुट पाएपछि जेलमुक्त भएका हुन् । ६५ वर्षीय रायमाझी तत्कालीन एमाले सचिवसमेत थिए ।
काठमाडौं जिल्ला अदालतले उनलाई ठगीमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना सुनाएको थियो । यही कसुरमा थप ६ महिना कैद सजायसमेत तोकिएको थियो ।
अदालतको फैसलाअनुसार सबै सजाय जोड्दा रायमाझीले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्ने थियो । तर, उमेर हदका कारण सजायमा छुट पाएपछि उनी थुनामुक्त भएका हुन् ।