सवारीसाधन एकआपसमा ठोक्किँदा १० भन्दा बढीको मृत्यु

काठमाडौं । दक्षिणपूर्वी बुल्गेरियाको याम्बोल नजिकै राजमार्गमा भएका दुईवटा श्रृंखलावद्ध सवारी दुर्घटनामा परी १० जनाभन्दा बढीको मृत्यु भएको छ । दुर्घटनामा करिव ५० वटा कार तथा ट्रक संलग्न रहेको जनाएको छ ।

याम्बोल क्षेत्रका गभर्नर जर्जी चालाकोभकाअनुसार बाक्लो हुस्सुका कारण दृश्यता कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनापछि उक्त राजमार्गमा दुवैतर्फको यातायात आवागमन बन्द गरिएको छ । दुर्घटनास्थलमा उद्धार टोली, आन्तरिक मामिला मन्त्रालयका अधिकारी तथा सैनिकहरू परिचालन गरिएको सरकारी सूचना सेवाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई नजिकैका स्लिभेन, याम्बोल र बुर्गास सहरका अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनामा मृत्यु हुनेको यकिन संख्या तथा घाइतेको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन । 

Share News