गृहमन्त्रीले नवनियुक्त आईजीपी केसीलाई लगाइदिए दर्ज्यानी चिन्ह (तस्बिरहरूसहित)

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिन्ह लगाएका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

यसअगाडि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिँदै आएका थिए । 

बुधबार (आज) बसेको मन्त्रिपरिषद  बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको थियो ।

सरकारले निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।

यी हुन् तस्बिरहरू :

nullnullnullnullnull

कार्कीले आईजीपी पद गुमाउनुका ५ कारण

मनोज केसीलाई चिनाएका ६ काण्ड

आईजीपीको फुली खोसिएकाहरू

को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?​​​​​​​

Share News