बैंकिङ कसुरमा दोषी बैदार पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा एक करोड ५१ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका सुबिन बैदार पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ निवासी ४० वर्षीय बैदारलाई प्रहरीले बुधबार (आज) बनेपा नगरपालिका–७ बाट पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले २०८३ असार ३२ गते बैंकिङ कसुरसम्बन्धी मुद्दामा बैदारलाई एक करोड ५१ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

दीपक चापागाईंको जाहेरीका आधारमा नेपाल सरकार वादी र बैदार प्रतिवादी रहेको उक्त मुद्दामा अदालतले सजाय सुनाए पनि उनी सजाय भुक्तान नगरी फरार रहेका थिए ।

प्रहरीका अनुसार बैदार काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि खोजी गर्ने क्रममा पक्राउ परेका हुन् ।

पक्राउ परेका बैदारलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

Share News