काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा १७५.५२ प्रतिशत बढेर १ अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ५९ करोड ८७ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी ३७.४६ प्रतिशत बढेर ४ अर्ब १ करोड ४६ लाख ७२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ४५ करोड ८ लाख ३१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४ अर्ब ७५ करोड १८ लाख ८३ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ३५ करोड १८ लाख ५० हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३७ करोड २३ लाख ९८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ३५.११ प्रतिशत रहेको छ ।
१५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४० अर्ब ७२ करोड ७७ लाख १९ हजार रुपैयाँ रहेको छ ।
असोजसम्ममा बैंकको निक्षेप संकलन ४.१५ प्रतिशत बढेर ७ खर्ब १४ अर्ब ६७ करोड ३१ लाख रुपैयाँ र कर्जा प्रवाह २.५१ प्रतिशत बढेर ३ खर्ब ४० अर्ब ४२ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिसम्मा बैंकले ६ खर्ब ८६ अर्ब १३ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब ८ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ४८.७४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँबाट बढेर ४२.२० रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) बढेको छ । गत वर्षको असोजमा ३.८३ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा बढेर ३.८९ प्रतिशत पुगेको छ ।