काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को ३ महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन तथा कर्जा लगानीमा वृद्धि भएको छ । असोज मसान्तसम्ममा २० वटा बैंकको निक्षेप ३.३५ प्रतिशत अर्थात् २ खर्ब ५१ अर्ब रुपैयाँ र कर्जा २.७५ प्रतिशत अर्थात् १ खर्ब ४५ अर्ब रुपैयाँ बढेको छ ।
चालु आवको असोजसम्म बैंकहरूले ७७ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जबकी गत असारसम्म बैंकहरुले ७४ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । समीक्षा अवधिमा अधिकांश बैंकको निक्षेप संकलन बढेको छ भने ३ बैंकको घटेको छ ।
असोज मसान्तसम्ममा सबैभन्दा धेरै निक्षेप नेपाल एसबिआई बैंकले वृद्धि गरेको देखिन्छ । नेपाल एसबिआईको १२.५४ प्रतिशत अर्थात् २६ अर्ब रुपैयाँ बढेर २ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यसअघि गत असारसम्म बैंकले २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
यस्तै, असोज मसान्तसम्ममा नबिल बैंकको ७.२२ प्रतिशत अर्थात् ४३ अर्ब रुपैयाँ बढेर ६ खर्ब ४५ अर्ब रुपैयाँ, एभरेस्ट बैंकको ६.६७ प्रतिशत अर्थात् २१ अर्ब रुपैयाँ बढेर ३ खर्ब ३९ अर्ब रुपैयाँ, कुमारी बैंकको ६.२० प्रतिशत अर्थात् २५ अर्ब रुपैयाँ बढेर ४ खर्ब ३८ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ५.१७ प्रतिशत अर्थात् ३५ अर्ब रुपैयाँ बढेर ७ खर्ब १६ अर्ब रुपैयाँ, नेपाल बैंकको ४.७२ प्रतिशत अर्थात् १९ अर्ब रुपैयाँ बढेर ४ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
यस्तै, माछापुच्छ्रे बैंकको ४.१० प्रतिशत अर्थात ९ अर्ब रुपैयाँ बढेर २ खर्ब ३१ अर्ब रुपैयाँ, सिटिजन्स बैंकको ३.८१ प्रतिशत अर्थात् ८ अर्ब रुपैयाँ बढेर २ खर्ब ४२ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३.७८ प्रतिशत अर्थात् १६ अर्ब रुपैयाँ बढेर ४ खर्ब ४५ अर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २.७२ प्रतिशत अर्थात् १४ अर्ब रुपैयाँ बढेर ५ खर्ब ४३ अर्ब रुपैयाँ, ग्लोबल आईएमई बैंकको २.२७ प्रतिशत अर्थात् १५ अर्ब रुपैयाँ बढेर ७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
यस्तै, सानिमा बैंकको २ प्रतिशत अर्थात् ५ अर्ब रुपैयाँ बढेर २ खर्ब ५४ अर्ब रुपैयाँ, एनएमबि बैंकको १.८९ प्रतिशत अर्थात् ६ अर्ब रुपैयाँ बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकको १.७८ प्रतिशत अर्थात् ५ अर्ब रुपैयाँ बढेर ३ खर्ब ३७ अर्ब रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकको १.३६ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बढेर १ खर्ब ५२ अर्ब रुपैयाँ, हिमालयन बैंकको १.१५ प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ बढेर ३ खर्ब ६० अर्ब रुपैयाँ, प्रभु बैंकको ०.५० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बढेर ३ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
तर, समीक्षा अवधिमा एनआईसी एशिया बैंक, कृषि विकास बैंक र प्राइम बैंकको निक्षेप भने घटेको छ । असोजसम्ममा प्राइम कमर्सियल बैंकको १.३८ प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बढेर २ खर्ब ७९ अर्ब रुपैयाँ, कृषि विकास बैंकको ०.८६ प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ घटेर ३ खर्ब ४८ अर्ब रुपैयाँ र एनआईसी एसिया बैंकको ०.८४ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ घटेर ३ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
३ महिनामा बढाए डेढ खर्ब लगानी
असोज मसान्तसममा बैंकहरूले ५४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसअघि गत असारसम्ममा बैंकहरूले ५२ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । तीन महिनाको अवधिमा बैंकहरुले २.७५ प्रतिशत अर्थात् १ खर्ब ४५ अर्ब रुपैयाँ लगानी बढाएका हुन् । समीक्षा अवधिमा १८ वटा बैंकको लगानी बढेको छ भने २ वटा बैंकको घटेको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै कर्जा वृद्धि ग्लोबल आइएमई बैंकले गरेको छ । ग्लोबल आईएमईको ६.४९ प्रतिशत अर्थात् ३० अर्ब रुपैयाँ बढेर ५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । जबकि गत असारसम्म बैंकको कर्जा लगानी ४ खर्ब ७६ अर्ब रुपैयाँ थियो ।
असोज मसान्तसममा कुमारी बैंकको ६.२६ प्रतिशत अर्थात् १८ अर्ब रुपैयाँ बढेर ३ खर्ब २१ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकको ४.७१ प्रतिशत अर्थात् ८ अर्ब रुपैयाँ बढेर १ खर्ब ७९ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४.४७ प्रतिशत अर्थात् १४ अर्ब रुपैयाँ बढेर ३ खर्ब ३४ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकको ३.६० प्रतिशत अर्थात् ८ अर्ब रुपैयाँ बढेर २ खर्ब ५७ अर्ब रुपैयाँ, एभरेस्ट बैंकको ३.५० प्रतिशत अर्थात् ८ अर्ब रुपैयाँ बढेर २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै, सिटिजन्स बैंकको ३.४७ प्रतिशत अर्थात् ६ अर्ब रुपैयाँ बढेर १ खर्ब ८३ अर्ब रुपैयाँ, नबिल बैंकको ३.३६ प्रतिशत अर्थात् १६ अर्ब रुपैयाँ बढेर ५ खर्ब ४ अर्ब रुपैयाँ, एनएमबि बैंकको ३ प्रतिशत अर्थात् ८ अर्ब रुपैयाँ बढेर २ खर्ब ७६ अर्ब रुपैयाँ, नेपाल बैंकको २.६७ प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँ बढेर २ खर्ब ६८ अर्ब रुपैयाँ, प्राइम बैंकको २.५५ प्रतिशत अर्थात् ६ अर्ब रुपैयाँ बढेर २ खर्ब ५० अर्ब रुपैयाँ, नेपाल एसबिआई बैंकको १.९४ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बढेर १ खर्ब ५६ अर्ब रुपैयाँ, हिमालयन बैंकको १.८६ प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ बढेर २ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
सानिमा बैंकको १.७९ प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बढेर २ खर्ब १० अर्ब रुपैयाँ, कृषि विकास बैंकको १.६३ प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकको १.३१ प्रतिशत अर्थात् ९३ करोड रुपैयाँ बढेर ७१ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ०.७८ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बढेर ३ खर्ब ४९ अर्ब रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.६६ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बढेर ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
तर, समीक्षा अवधिमा प्रभु बैंक र एनआईसी एशिया बैंकको कर्जा लगानी घटेको देखिन्छ । एनआईसी एसिया बैंकको २.२२ प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ घटेर २ अर्ब ६ अर्ब रुपैयाँ र प्रभु बैंकको २.१४ प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ घटेर २ खर्ब २७ अर्ब रुपैयाँ लगानी घटेको छ ।