मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावर कम्पनीको बोनस सेयरका लागि सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेका अनुसार मञ्जुश्री फाइनान्स लिमिटेडको ५ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरी प्रतिकित्ता ७२३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । समायोजनअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७५९ रुपैयाँ ५० पैसा थियो ।

त्यस्तै, बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ४.७५ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरी प्रतिकित्ता ३२३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । समायोजनअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३३८ रुपैयाँ ९० पैसा थियो ।

दुवै कम्पनीको सेयर मूल्य समायोजन कात्तिक १० गते गरिएको हो । 

Share News