चतुर्दशीमा पनि दशैंको रौनक, आफन्तकहाँ टीका थाप्ने क्रम जारी

काठमाडौं । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको बडादशैंको टीका लगाउने क्रम आज चतुर्दशीका दिन पनि जारी छ । निधारमा रातो अक्षताको टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू आफन्त तथा इष्टमित्रको घरमा पुगिरहेका छन् ।

बडादशैंको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने विशेष परम्परा छ । तर, टाढा रहेका माइती, मावली तथा अन्य आफन्तकहाँ विजयादशमीकै दिन पुगेर टीका थाप्न सम्भव नहुने भएकाले त्यसपछिका दिनमा पनि टीका लगाउने चलन रहिआएको छ ।

नेपाली परम्पराअनुसार विजयादशमीदेखि सुरु हुने टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । यस अवधिमा आफन्त तथा इष्टमित्रको घरमा पुगेर टीका, जमरा र आशीर्वाद लिने गरिन्छ । 

Share News