उपत्यकामा २४ घण्टामा ३३६ चालक कारबाहीमा, मापसे गर्ने १०२ जना

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना सवारी चालक कारबाहीमा परेका छन् ।

शनिबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको सवारी जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०२ जना चालक कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीका अनुसार सिसिटिभीमार्फत निगरानी गरी ३९ जना र रातो बत्ती उल्लङ्घन गर्ने २० जना चालकलाई पनि कारबाही गरिएको छ ।

त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने ५७ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने आठ जना, लेन अनुशासन पालना नगर्ने तीन जना र सवारीको यान्त्रिक अवस्था ठीक नराखी चलाउने दुई जना चालक कारबाहीमा परेका छन् ।

यस्तै, अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने १०५ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ । 

Share News