काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरिबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार ५ हजार ४ सय मत गणना हुँदा महर्जनले ४ हजार १ सय ४९ मत प्राप्त गरेका छन् ।
महर्जनलाई निश्कल राईले पछ्याइरहेका छन् । राईले ३ हजार ८ सय ४० मत प्राप्त गर्दा इन्द्रबहादुर बानियाँ ३ हजार ६ सय ४१ मतसहित तेस्रो स्थानमा छन् ।
त्यस्तै, गोविन्दराज पोखरेलले ३ हजार ४ सय ७८, जितनारायण श्रेष्ठले ३ हजार ३ सय ७१ र ई. मोहन आचार्यले ३ हजार २ सय ९० मत प्राप्त गरेका छन् । प्रवल थापाले ३ हजार २ सय २६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत पाएका छन् ।
अन्य उम्मेदवारमध्ये हिमाल दत्त श्रेष्ठले २ हजार ८ सय ४७, विद्वान गुरुङले २ हजार ६ सय ९१, डा. शोभाकर पराजुलीले २ हजार ६ सय ४०, ई. अमृत ज्ञवालीले २ हजार ५ सय ९१ र अर्जुनप्रसाद जोशीले २ हजार ५ सय ८० मत प्राप्त गरेका छन् ।
सन्दीप रानाले २ हजार ५ सय १५, ई. नवराज त्रिपाठीले २ हजार ४ सय ७४, नरेन्द्रकुमार केरुङले २ हजार ४ सय ३७ र भरतकुमार शाहले २ हजार ४ सय ३१ मत पाएका छन् । महेश खरेलले २ हजार ३ सय ४३, मिनकृष्ण महर्जनले २ हजार ३ सय ३४, बलदेव तिमिल्सिनाले २ हजार ३ सय १२ र जन्मजय तिमिल्सिनाले २ हजार ३ सय ३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, ई. ऋषि कोइरालाले २ हजार २ सय २६, युवराज पाण्डेयले २ हजार २ सय २१, कुमार लुइँटेलले २ हजार १ सय ९९ र ई. दीपक बाबु कँडेलले २ हजार १ सय ६८ मत पाएका छन् । किरण केसीले २ हजार १ सय ३२, उज्ज्वलप्रसाद बरालले २ हजार १ सय २२, दीपक भट्टराईले २ हजार ७३ र महेन्द्रकुमार शर्माले २ हजार १२ मत प्राप्त गरेका छन् ।
मदनकृष्ण श्रेष्ठले १ हजार ९ सय ९४ मत पाउँदा डा. मुकेशराज काफ्ले र डा. सुरज राज काफ्लेले समान १ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । प्रमोदहरि गुरागाईंले १ हजार ९ सय ५१ र लेखनाथ पोखरेलले १ हजार ८ सय ९४ मत पाएका छन् ।
डा. कृष्णप्रसाद पौडेल र तिलकबहादुर रानाभाटले समान १ हजार ८ सय ९० मत प्राप्त गरेका छन्। किरण किशोर घिमिरेले १ हजार ८ सय ७७, रवि सिंहले १ हजार ८ सय ६९ र डा. मुक्तिराम श्रेष्ठले १ हजार ८ सय ३४ मत पाएका छन्।
प्रकाश सिंह कार्कीले १ हजार ८ सय २६, प्रदीपकुमार सुनुवारले १ हजार ८ सय २३ तथा कृष्ण रिजाल र सुधांशु कोइरालाले समान १ हजार ७ सय ५० मत प्राप्त गरेका छन्। निलकण्ठ रिजालले १ हजार ७ सय ३७, कबिर राणाले १ हजार ६ सय ९२, श्यामकुमार घिमिरेले १ हजार ६ सय ६७ र सन्तोष सुब्बाले १ हजार ६ सय ६६ मत पाएका छन्।
यसैगरी, चित्रबहादुर केसीले १ हजार ६ सय ५१, भीमप्रसाद ढुंगानाले १ हजार ६ सय २०, टेकराज पौडेलले १ हजार ५ सय ९४, किशोर दत्त बरालले १ हजार ५ सय ८५, उत्तम जोशीले १ हजार ५ सय ७० र केशव थापाले १ हजार ५ सय ३९ मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणाममा महर्जनले दोस्रो स्थानका राईभन्दा ३ सय ९ मतको अग्रता बनाएका छन्।