काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताएका छन् ।
नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरे । दसैँ, तिहार, छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महँगीले सर्वसाधारणलाई थप आर्थिक भार परेको उनको भनाइ छ । अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यस वर्ष महँगीका कारण चाडपर्व मनाउन नसक्ने अवस्थामा पुगेको उनले बताए । ग्यासको अभावमा उपभोक्ता अझै लाइन बस्नुपर्ने अवस्थामा रहेको उनको भनाइ छ ।
उनले भने, ‘जनताले विकास, समृद्धि, सुखका सबै कुराहरू बिर्सिसकेका छन् । आज जनताहरू यति धेरै आतंकित छन् कि अब हामीलाई आतंकमुक्त वातावरण चाहियो भनिरहेका छन् । अब हामीलाई शान्ति सुरक्षा चाहियो भनिरहेका छन् । र हिजोका जनताका मागका मुद्दाहरू नै डाइभर्ट भएको स्थिति छ ।'
उनले पछिल्लो समय जनता आतंकित बनेको बताए । सरकारको रवैयाका कारण जनताले शान्ति सुरक्षा, विकास र समृद्धिका कुरा नै बिर्सिसकेको उनको दाबी छ ।