मैले सभापतिको उम्मेदवारी फिर्ता लिएको छैन: श्यामकृष्ण खड्गी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् । बुधबार उनले आफ्नो उम्मेदवारी कायमै रहने बताएका हुन् । ‘मैले उम्मेदवारी फिर्ता लिन्नँ। लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धामा भाग लिन्छु,’उनले भने । 

कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बुधबार उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । मंगलबार सभापतिमा तीन जनाले उम्मेदवारी दिएका थिए । 

सभापतिमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये राठौरले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् ।  कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भाेलि निर्वाचन हुँदैछ ।

 

Share News