पोखरा फाइनान्सका ग्राहकलाई जेनस अस्पतालमा २० प्रतिशत छुट

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल–८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन् । 

सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले जेनस अस्पतालमा उपचार तथा स्वास्थ्यसम्बन्धी सेवा लिँदा पोखरा फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा उपलब्ध सबै सेवामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका खातावालाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ । 

पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सीआईएसलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । 

Share News