काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीले अदालतले उनलाई तीन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिए ।
प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोमबार उनलाई साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । यसअघि पनि प्रसाईं विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए । उनी हालसम्म १४ पटक भन्दा बढी हिरासतमा बसिसकेका छन् ।