नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाइने

मि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेल ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले  कलेजलाई स्टाफ कलेजलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रुपमा विकास गरिने बताएका छन् । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को ४४ औं स्थापना दिवसमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कलेजलाई नेतृत्व विकास केन्द्रका रूपमा स्थापित गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए । 

सचिव भुजेलले प्रतिष्ठानले निजामती सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै स्टाफ कलेजलाई भौतिक पूर्वाधारमा सुदृढ तुल्याउन र काभ्रेमा जग्गा प्राप्तिसहितका विस्तारका कामहरूमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । 

प्रतिष्ठानले हालै प्राप्त गरेको आईएसओ प्रमाणपत्रले संस्थाको गुणस्तर र व्यावसायिकतालाई प्रमाणित गरेको उल्लेख गर्दै उनले यसलाई थप आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । 

हालै खारेज गरिएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट हुँदै आएको शाखा अधिकृत स्तरको तालिम अब स्टाफ कलेज मातहत ल्याउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । 

सचिव भुजेलले प्रदेश स्तरमा छुट्टै प्रशिक्षण केन्द्रहरू स्थापना भइसकेको सन्दर्भमा केन्द्रमा दोहोरो प्रकृतिको संस्था आवश्यक नपर्ने तर्क गर्दै यसको व्यवस्थापन स्टाफ कलेजबाटै हुनुपर्ने पनि बताए ।

Share News