काठमाडौं । नेकपा एमालेले आफ्नो विरोध गर्नेहरूको कमेन्ट फोटो र व्यक्तिको सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक गरेको छ ।
एमालेले आफ्नो विरूद्ध भ्रामक प्रचार गर्नेहरूको डिजिटल निगरानी बढाएको जनाएको छ । शनिबार बेलुकी कम्युनिष्ट पार्टी अफ नेपाल युएमल नामको फेसबुक पोष्टबाट उक्त भिडियो प्रकाशन गरिएको छ ।
एमालेले अप्रेसन ऐनामार्फत भ्रम फैलाउने,गाली गलौज गर्ने र प्रोपोगन्डाविरूद्धको डिजिटल निगरानी बढाएको जनाएको छ ।
आफ्नो दलविरूद्ध गलत तथा भ्रामक प्रचारप्रसार गर्नेहरूको एमालेले सामाजिक सञ्जालमार्फत प्रोफाइल सार्वजनिक गर्न थालेको छ ।
एमालेले अप्रेसन ऐना तपाइले लेखेको र समाजले देखेको भन्दै पोष्ट र्सार्वजनिक गरिएको छ ।
पोष्टमा भिडियोसहितको आवाजमा एमालेविरूद्ध भ्रम वा दुष्प्रचार गर्नेलाई चेतावनी दिएको छ । सभ्य बनौ र सभ्य समाज बनाउन एमालेले आग्रह गरेको छ ।
एमालेविरूद्ध भ्रामक प्रचारप्रसार गर्नेहरूको भिडियो तथा कमेन्टमु पोष्ट परिवारसमक्ष पुर्याउन अनुरोध गरेको छ ।
सामाजिक सञ्जालमा कुनै पनि व्यक्तिको फोटो सार्वजनिक गर्न पाइन्छ या पाइदैन भन्ने प्रश्नमा साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीले कानुन कसैले हातमा लिन नपाइने बताए।
कमेन्टमा गाली वा बेइज्जत गरेको जस्तो लागेमा प्रहरीकहाँ उजुरी दिनुपर्ने उनले बताए ।