कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ ।

भन्सार विभागले भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीबीच भएको विवादबारे सार्वजनिक भएका विवरणमा थप अध्ययन गर्नुपर्ने भन्दै भट्टलाई जिम्मेवारीबाट हटाएको हो ।

विभागले भट्टलाई त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरेको जनाएको छ ।

विवादबारे थप बुझ्नुपर्ने भएकाले तत्कालका लागि भट्टलाई गड्डाचौकी भन्सार कार्यालयको जिम्मेवारीबाट हटाएर विभागमा हाजिर गराउने निर्णय गरिएको भन्सार विभागले जानकारी दिएको छ ।

Share News