काठमाडौं । बैंकिङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । ८ करोड ४२ लाख बिगो भएको र १२ वटा बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका ४८ वर्षीय शेरबहादुर मगर पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई ललितपुरबाट पक्राउ गरेको हो । उनलाई ८ करोड ४२ लाख बिगो भएको १२ वटा बैंकिङ कसुर सम्बन्धी मुद्दामा २ वर्ष १४ दिन कैद र ६२ लाख जरिवाना ठहर भएको थियो ।
उनलाई कार्यालयले फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा बबरमहल उपस्थित गराइसकेको छ ।
राजु खड्का समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादीसमेत रहेको ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका काठमाडौं महानगर ३२ बस्ने ४८ वर्षीय मगर हुन् ।
उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, भक्तपुर जिल्ला अदालतको विभिन्न समयमा भएको फैसलाले कैद २ वर्ष १४ दिन र जरिवाना ६२ लाख १० हजार एक सय रुपैयाँ हुने फैसला भएको थियो ।