काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बिहीवारदेखि भइरहेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।

उपत्यकाका मुख्य नदी तथा खोलाहरूमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ भने प्रमुख स्थानहरूमा शतर्कता र खतराको सीमा पार भइसकेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालको हिमाली तथा पहाडी भूभाग नजिक अवस्थित छ । 

यसका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण वागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा आगामी २४ घण्टासम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

विपद् व्यवस्थापन विज्ञहरूले पहाडी भेगमा पहिरो र उपत्यका तथा तराईका होचा भूभागमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन र आपतकालीन सम्पर्क नम्बरहरू साथमा राख्न सुझाव दिएका छन् । 

Share News