काठमाडौ । लगातकारको वर्षासँगै देशका विभिन्न जिल्लामा आज (असोज ९) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।
आज गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । महाशाखाका अनुसार यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको छ ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर भई बहने स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
त्यसैगरी, मकवानपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, बागलुङ, पर्वत भई बहने स–साना नदीमा समेत बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
त्यस्तै, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, डोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
ताप्लेजुङदेखि डडेलधुरासम्मका यी नदीखोलामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखका अनुसार आज बिहानको मापनानुसार कोसी, नारायणी, वाग्मती, कन्काई, कमला र यी नदीका सहायक नदीहरूमा जलसतह सतर्कता तहनजिक रहेको छ ।
पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।