प्रधानमन्त्री राहत कोषमा नेपाल बैंकका कर्मचारीले दिए ८४ लाख

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल बैंक लिमिटेडका कर्मचारीले ८४ लाख रुपैयाँ सहयोग गरेका छन् ।

बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीको तलब तथा पारिश्रमिकबाट योगदानस्वरूप संकलन गरिएको ८४ लाख २० हजार ८ सय ९३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । 

उक्त रकम मंगलबार (आज) कोषमा जम्मा गरिएको हो ।

नेपाल बैंकले यसअघि पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भदौ ११ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

यससँगै नेपाल बैंकको तर्फबाट बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गरिएको सहयोग थप ३ करोड ८५ लाख २० हजार ८ सय ९३ रुपैयाँ पुगेको छ ।

Share News