काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी बाढीबाट क्षतिग्रस्त त्रिशूली शाखा कार्यालयलाई नुवाकोटको बट्टारमा स्थानान्तरण गरी पुनः सञ्चालनमा ल्याएको छ ।
फाइनान्सका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विदुर नगरपालिका–१, त्रिशूलीस्थित शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । त्यसपछि शाखाबाट सेवा प्रवाह बन्द भएको थियो ।
क्षतिग्रस्त स्थानमा शाखा पुनःस्थापना गर्न सम्भव नभएपछि फाइनान्सले शाखालाई विदुर नगरपालिका–४, बट्टार मा स्थानान्तरण गरेको जनाएको छ । नयाँ शाखाबाट असोज ५ गतेदेखि नियमित बैंकिङ सेवा सुरु गरिएको हो ।
अब त्रिशूली शाखाका ग्राहकले बट्टारस्थित नयाँ शाखाबाट निक्षेप, कर्जा, रेमिट्यान्स तथा अन्य सम्पूर्ण बैंकिङ सेवा नियमित रूपमा लिन सक्ने फाइनान्सले जनाएको छ ।
आईसीएफसी फाइनान्सले ग्राहकलाई नयाँ शाखाबाट सेवा लिन तथा आवश्यक जानकारीका लागि शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।