काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।