काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।