सीजी ब्रुअरीको नयाँ बियर ‘ठमेल’ बजारमा, मूल्य २३० रुपैयाँ

काठमाडौं । सीजी ब्रुअरीले नयाँ प्रिमियम बियर ‘ठमेल’ नेपाली बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो । यस प्रक्रियामा फर्मेन्टेसनपछि हप्स थपिन्छ । यसबाट बियरमा फूल तथा सिट्रसको सुगन्ध आउने र तीतोपन कम रहने कम्पनीको दाबी छ ।

कम्पनीले ‘ठमेल’लाई क्रिस्पी स्वाद र क्लिन फिनिस भएको लागरका रूपमा बजारमा ल्याएको जनाएको छ । बियरको नाम र प्याकेजिङ काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट प्रेरित रहेको कम्पनीले जनाएको छ ।

ठमेल बियरका प्रमुख कार्यकारी अधिकृत वैभव शर्माले ठमेलको वातावरण, ऊर्जा र अनुभवलाई बियरमार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ उत्पादन बजारमा ल्याइएको बताए ।

‘ठमेल’ ६५० मिलिलिटर र ३३० मिलिलिटरका बोतलमा उपलब्ध छ । कम्पनीका अनुसार ६५० मिलिलिटरको मूल्य ४५० रुपैयाँ र ३३० मिलिलिटरको मूल्य २३० रुपैयाँ तोकिएको छ ।

हाल यो बियर काठमाडौंसहित पोखरा, बुटवल, भैरहवा र धरानका चयनित बिक्री केन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा देशभर बजार विस्तार गर्ने योजना कम्पनीको छ ।

Share News