काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४५ रुपैयाँ कायम भएको छ ।
आलु रातो (लाम्चो, गोलो र मुडे) प्रतिकिलो ५५ रुपैयाँ रहेको छ । भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज प्रतिकिलो ८५ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँ रहेको छ ।
त्यस्तै, बन्दा (लोकल), स्थानीय काउली, रातो मूला, सेतो मूला (हाइब्रिड) र लाम्चो भन्टा प्रतिकिलो ३० रुपैयाँ रहेको छ । डल्लो भन्टा ४० रुपैयाँ, घिउ सिमी (लोकल र हाइब्रिड) ५० रुपैयाँ तथा टाटे सिमी ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
भटमासकोसा प्रतिकिलो १०० रुपैयाँ, तितो करेला ८० रुपैयाँ र लौका ४० रुपैयाँ तोकिएको छ ।
सागसब्जीतर्फ रायोको साग प्रतिकिलो २० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ रहेको छ ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो ९० रुपैयाँ, डल्ले च्याउ २६० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ तोकिएको छ। त्यस्तै, कुरिलो ७०० रुपैयाँ, न्युरो ९० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदिना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ तोकिएको छ । नेपाली र मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ र अनार ३०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिले सार्वजनिक गरेको मूल्य थोक मूल्य हो । खुद्रा बजारमा भने तरकारी तथा फलफूलको मूल्य फरक हुन सक्नेछ ।