सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो । 

Share News