काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको हो ।
महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ७२० रुपैयाँ पुगेको छ ।