नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन् । 

नवनियुक्त सदस्यहरूमा डा. गोपाल कुमार चौधरी, डा. प्रतिभा विष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा. बोध विक्रम कार्की र डा. सुभित मास्के रहेका छन् ।

नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका छन् ।

नियुक्तिपछि उनीहरूले काउन्सिल सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

Share News