काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकलाई अनलाइन प्रणालीमार्फत आफ्नो स्वास्थ्य बीमा नवीकरण गर्न आग्रह गरेको छ ।
बोर्डले जारी गरेको सूचनामा अनलाइन भर्ना तथा नवीकरण प्रणाली प्रयोग गरी स्वास्थ्य बीमा नवीकरण गर्न सकिने जनाएको छ ।
नवीकरणका लागि बोर्डको एचआईबी ई–पोर्टल मा गई आवश्यक विवरण भर्न तथा अद्यावधिक गर्नुपर्नेछ ।
त्यसैगरी, बीमित परिवारका सदस्यहरूको केवाईसी (ग्राहक पहिचान विवरण) अनिवार्य रूपमा अद्यावधिक गर्न बोर्डले आग्रह गरेको छ ।
परिवारका सदस्यको विवरणमा कुनै परिवर्तन भएको भए सो विवरणसमेत अद्यावधिक गर्नुपर्ने सूचनामा उल्लेख छ ।
बोर्डले अनलाइनबाटै केवाईसी विवरण अद्यावधिक गरी स्वास्थ्य बीमा नवीकरण गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।