आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधी’ खुवाइँदै

काठमाडौं । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउँदैछ । 

राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन एसँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिए ।

थापाका अनुसार कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन् । 

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ए र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि विसं २०५० देखि भिटामिन ए क्याप्सुल र विसं २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।

Share News