काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसनले ललितपुरको इमाडोलमा नयाँ तथा सुविधासम्पन्न शाखा सञ्चालनमा ल्याएको छ ।
ग्राहकको बढ्दो संख्या र सेवा आवश्यकतालाई ध्यानमा राख्दै भायानेटले इमाडोलस्थित रातोमकै चोकमा नयाँ शाखा विस्तार गरेको हो ।
कम्पनीका अनुसार शाखा २०८३ भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ ।
नयाँ शाखाबाट ग्राहकले इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी र ग्राहक सहायता सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा समेत स्थानीयस्तरमै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसअघि इमाडोल तथा आसपासका क्षेत्रमा सेवा दिँदै आएको भायानेटले ग्राहकको सेवा पहुँचलाई थप सहज र प्रभावकारी बनाउन शाखा विस्तार गरेको जनाएको छ ।
नयाँ शाखाबाटै प्राविधिक टोली परिचालन हुने भएकाले इन्टरनेटसम्बन्धी समस्या समाधान तथा फाइबर मर्मतसम्भारमा लाग्ने समयसमेत घट्ने कम्पनीको अपेक्षा छ ।
भायानेटका कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष शहिन श्रेष्ठले इमाडोलवासीसँग लामो समयदेखि जोडिँदै आएको भायानेटले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर शाखा विस्तार गरेको बताए ।
उनका अनुसार नयाँ शाखाबाट फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भारका प्राविधिक टोलीसमेत परिचालन हुने भएकाले ग्राहकले पहिलेभन्दा छिटो र सहज सेवा पाउनेछन् ।
शाखा विस्तारले इमाडोल क्षेत्रका ग्राहकप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको उनको भनाइ छ ।
डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै उच्च गतिको भरपर्दो इन्टरनेट दैनिक जीवनको महत्वपूर्ण आवश्यकता बन्दै गएको छ । शिक्षा, अनलाइन अध्ययन, घरबाटै गरिने काम, व्यावसायिक गतिविधि, डिजिटल भुक्तानी तथा मनोरञ्जनलगायत क्षेत्रमा इन्टरनेटको निर्भरता बढिरहेको छ ।
यही आवश्यकतालाई ध्यानमा राख्दै ग्राहकलाई निर्बाध तथा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्यसहित शाखा विस्तार गरिएको भायानेटले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ शाखाले इमाडोल तथा आसपासका क्षेत्रमा ग्राहक सेवाको पहुँच थप बलियो बनाउनुका साथै ग्राहकसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्नेछ।