काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्याकुरेललाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन् ।
नियुक्तिपछि प्याकुरेललाई मन्त्री मेहताले पद तथा गोपनीयताको शपथ गराएको उनको सचिवालयले जनाएकाे छ।
डा. सुवास प्याकुरेल जनस्वास्थ्यविद् हुनुका साथै स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता पनि हुन् ।