काठमाडौं । कीर्तिपुरमा जलेका व्यक्तिको परिचय खुलेको छ। मंगलबार (आज) कीर्तिपुर नगरपालिका– १ मा बा ५ च ३०३८ नम्बरको कारभित्र जलेको व्यक्तिको परिचय खुलेको हो।
कारभित्र जलेका व्यक्ति सोही वडाका ७० वर्षीय सुरेशचन्द श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
‘मृतक सुरेशचन्द रहेको पुष्टि भएको छ, बाँकी बुझ्दैछौं,’ उनले भने। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।