आत्मदाह प्रयास गरेकी गुरुङको कीर्तिपुरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंमै पुन: एक जना महिलाले आत्मदाह प्रयास गरेकी छन् । सोमबार (साउन ४) दिउँसो काठमाडौं महानगरपालिकाको ६ स्थित बौद्ध गेट नजिक साढे २ बजे २७ वर्षीया सालु गुरुङले शरीरमा आगो लगाएकी हुन् । 

गुरुङको श्रीमानसँग विवाद हुँदा उनी सञ्चालक गरेको खाजाघर पछाडिको पार्किङमा उनले शरीरमा पेट्रोल छर्की आगो लगाएको थिइन् ।

गुरुङको श्रीमानले उनलाई फेला पारी उपचारको लागि सुष्मा कोइराला मेमोरियल अस्पताल साखु लगी उपचार भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत जलेको छ । बोल्न सक्ने र  सामान्य उपचारपश्चात साँझ कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसअघि त्रिपुरेश्वरमा मुगुका २५ वर्षीय गणेश नेपाली र बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले आत्मदाह प्रयास गरेका थिए । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

Share News