प्यजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ आयोजना

काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको प्यजो मोटरसाइकल्स नेपालले काठमाडौंस्थित ‘ला टेरास’ मा ‘सोइरे फ्राँसेज – अ नाइट अफ फ्रेन्च एलिगेन्स’ शीर्षकमा विशेष फ्रेन्च फाइन डाइनिङ कार्यक्रम आयोजना गरेको छ । 

फ्रान्सको समृद्ध सांस्कृतिक विरासत र प्रेरणादायी भावनालाई सम्मान गर्दै आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजित उक्त विशेष साँझमा प्यजोका विशिष्ट ग्राहक, व्यावसायिक साझेदार तथा फ्रान्सेली संस्कृतिप्रेमी अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

विशेषगरी सन् २०२६ को फिफा विश्वकपमा फ्रान्सेली टोलीले प्रदर्शन गरेको समर्पण, दृढता, उत्कृष्टता र एकताको भावनाबाट प्रेरित यस कार्यक्रमले खेलको नतिजाभन्दा माथि उठेर फ्रान्सेली खेल संस्कृतिको अदम्य भावना र विरासतलाई सम्मान गरेको थियो, जुन मूल्यहरू प्यजो ब्रान्डको दीर्घकालीन पहिचानसँग समेत मेल खान्छन् । 

कार्यक्रममा सहभागी अतिथिहरूले विभिन्न फ्रेन्च परिकार, पेरिसबाट प्रेरित आकर्षक सजावट र आत्मीय वातावरणमा नेटवर्किङको अनुभव लिएका थिए । यस अवसरमा प्यजो मोटरसाइकल्स नेपालका प्रतिनिधिहरूले गुणस्तरीय गतिशीलता (मोबिलिटी) समाधानका साथै ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको जीवनशैली अनुभव प्रदान गर्ने र प्यजोको विश्वव्यापी मूल्य तथा परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

फ्रान्सेली संस्कृति, मित्रता र उत्कृष्टताको साझा भावनाप्रति सम्मान व्यक्त गर्दै टोस्टसँगै समापन भएको यस कार्यक्रमले प्यजो मोटरसाइकल्सले आफ्ना ग्राहकसँग कायम राख्दै आएको प्रिमियम सम्बन्धलाई थप मजबुत बनाएको छ ।

Share News