पूर्वअर्थमन्त्री पौडेलसँग कारोबार देखिएपछि शशिधर पौडेल पक्राउ

काठमाडौं  । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलसँग कारोबार देखिएपछि बुटबलका शशिधर पौडेल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार (आज) शशिधरलाई पक्राउ गरेको सीआईबीका प्रमुख उमा चतुर्वेदीले पौडेललाई पक्राउ गरेको जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि शर्मालाई पक्राउ गरिएको हो । 

पूर्वअर्थमन्त्री पौडलमाथि विभागले अनुसन्धान जारी राखेको छ । पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । 

पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले सोमबार पाँचौंपटक तीन दिनको म्याद थप गरेको छ  ।

Share News