काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदपूर्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले मंगलबार (आज) सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४१ को उपदफा ९१० बमोजिम बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
सूचनाअनुसार वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३० बमोजिम तोकिएको न्यूनतम शैक्षिक योग्यता र अनुभव भएका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
दरखास्त युवा, श्रम तथा रोजगार मन्त्रालय, सिंहदरबारस्थित सिफारिस समितिको सचिवालय (प्रशासन महाशाखा) मा बुझाउनुपर्ने मन्त्रालयले जनाएको छ ।
आवेदन प्रक्रिया, योग्यता तथा आवश्यक कागजातसम्बन्धी थप विवरण मन्त्रालयको आधिकारिक वेबसाइट www.moless.gov.np मा उपलब्ध रहेको तथा मन्त्रालयको प्रशासन महाशाखामा सम्पर्क गरेर पनि जानकारी लिन सकिने पनि सूचनामा उल्लेख छ ।