काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड (एचपीपीएल) को ५० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेका अनुसार कम्पनीको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर शुक्रबार सूचीकृत गरिएको हो ।
यससँगै उक्त हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबारका लागि योग्य हुने भएको छ ।
कम्पनीले हालका सेयरधनीलाई ५० प्रतिशत अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद बाँडफाँट सम्पन्न भएपछि सोही परिमाणको नयाँ सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।