काठमाडौं । सान्भी इनर्जी लिमिटेडले इलामस्थित ५.२ मेगावाट क्षमताको जोगमाई क्यास्केड जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु भएको जनाएको छ ।
कम्पनीले २०८२ साल असोज १७ देखि १९ गतेसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण आयोजनाको भौतिक संरचनामा क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको जनाएको थियो ।
कम्पनीका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना कार्य सम्पन्न भएपछि आयोजना पुनः सञ्चालनमा आएको हो । त्यससँगै आयोजनाबाट विद्युत् उत्पादन सुचारु गरिएको कम्पनीले जानकारी दिएको छ ।