एक सातामै सुन तोलामा ६ हजार ९०० रुपैयाँले महँगियो, चाँदी कतिले बढ्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । पछिल्लो एक सातामा सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढ्दा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनले ठूलो छलाङ मारेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढेर २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ । जुन साताको सबैभन्दा बढी हो । 

साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबारसम्म सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो । अघिल्लो साता सुनको मूल्य तोलामा ८ हजार रुपैयाँभन्दा बढीले घटेको थियो । 

साताभर सुनको मूल्यमा उतारचढाव देखिएको थियो । आइतबार ४ हजार ७०० रुपैयाँले बढेको सुन सोमबार १ हजार ४०० रुपैयाँ, मंगलबार ४ हजार ५०० रुपैयाँ र बुधबार ६०० रुपैयाँले घटेको थियो । 

त्यसपछि बिहीबार ६ हजार २०० रुपैयाँ र शुक्रबार ७ हजार २०० रुपैयाँले बढ्दै साताको अन्त्य उच्च मूल्यमा भएको हो । 

यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । आइतबारको तुलनामा शुक्रबारसम्म चाँदी तोलामा २९० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६१५ रुपैयाँ पुगेको छ ।

साताभर चाँदीको मूल्य पनि केही दिन घटेपछि अन्तिम दुई कारोबार दिनमा तीव्र रूपमा उकालो लागेको थियो । बिहीबार चाँदी एकैदिन १८० रुपैयाँले बढेको थियो भने शुक्रबार थप १६५ रुपैयाँले वृद्धि भएको हो । 

Share News